Shanta Marga, Kamaladi, Kathmandu, Nepal
Menu
Music Research and Development Forum, Nepal > News > Uncategorized > संगीत अनुसन्धान तथा विकास मञ्च नेपालको अध्यक्षमा ओम सुनार
 

संगीत अनुसन्धान तथा विकास मञ्च नेपालको अध्यक्षमा ओम सुनार

काठमाडौं । संगीत अनुसन्धान तथा विकास मञ्च नेपालको अध्यक्षमा गायक तथा संगीतकारको अध्यक्षमा ओम सुनार निर्वाचित हुनुभएको छ । उहाँ सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेपाली मौलिक गीत संगीतको जर्गेना, संरक्षण, खोज, अनुसन्धानका साथै प्रवद्र्धन गर्ने उद्देश्य यो संस्थाको रहेको अध्यक्ष सुनारले जानकारी गराउनुभयो ।

मञ्चको उपाध्यक्षमा राजेशकुमार श्रेष्ठ, सचिवमा बद्री शर्मा सहसचिवमा प्रदुम्न भट्टराई, कोषाध्यक्षमा बाणी पोखरेल निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा एलिस कार्की, पवित्रा घिमिरे, प्रताप दास र कल्पना श्रेष्ठमा निर्वाचित हुनुभएको छ ।

संगीत अनुसन्धान तथा विकास मञ्च नेपालको अध्यक्षमा ओम सुनार