Shanta Marga, Kamaladi, Kathmandu, Nepal
Menu
Music Research and Development Forum, Nepal > News > Uncategorized > बालमन्दिरमा निःशुल्क गायन सिक्दै बालबालिका
 

बालमन्दिरमा निःशुल्क गायन सिक्दै बालबालिका

काठमार्डौं । शनिबार दिउँसो एक बजेबाट काठमाडौंको बालमन्दिरको कक्षमा त्यहाँ आश्रित बालबालिकाहरु मादल, गीतार, किबोर्ड जस्ता बाध्य सामग्री लिएर तयारी अबस्थामा थिए । सोही क्रममा संगित अनुसन्धान तथा विकास मञ्च नेपालका अध्यक्ष ओम सुनार, महासचिब बद्री शर्मा त्यहाँ उपस्थित भए ।

त्यसपछि संगीत गुरु शर्माले त्यहाँका बालबालिकालाई सारेगमपधनिसाको आरोह अवरोह सिकाए । यो क्रम क्रम करिब डेढ घन्टासम्म चल्यो । करिब डेढ घन्टाको रियाजपछि गुरु शर्मा र सुनारको उपस्थितिमा ती बालबालिकाले थरी थरीका गीत गाएर सुनाए । केही बालबालिकाले त्यहाँ रहेका बाजा कुशलता पूर्वक बजाए ।

संगित अनुसन्धान तथा विकास मञ्च नेपालले बिगत ६ महिनादेखि नेपाल बाल मन्दिरका अनाथ बालबालिकालाई हरेक शनिबार निःशुल्क रुपमा बाद्यबादन तथा गायनको प्रशिक्षण दिँदै आएको छ । यो ६ महिनाको प्रशिक्षण त्यहाँ थुप्रै बालकालिकाहरु लय मिलाएर गाउन सक्ने भएका छन्,‘अब हुने गायन सम्बन्धि रियालिटी शोमा हाम्रा यहाँका भाई बहिनीहरुले पनि भाग लिएर गीत प्रस्तुत गर्नु हुनेछ । भाई बहिनीलाई गायन र बाद्यबादनमा पोख्त बनाउने कार्यलाई हामी निरन्तता दिदै जाने छौं ।’ अध्यक्ष ओम सुनारले भने ।

संगीत गुरु शर्माका अनुसार सुरुका दुई सातासम्म यहाँका बालबालिका सँगीत प्रशिक्ष’bout अलमलमा थिए । दोश्रो महिनाबाट उनीहरु लयमा आएको पनि शर्माले बताए,‘हामीले हप्तामा तीन÷चार घन्टा सिकाए पनि उनीहरु बिहान बिहान आफैं रियाज गर्छन । अहिले सिकिरेका मध्य केही बालबालिका भोली नेपालका चर्चित गायक गायिका बन्ने हाम्रो विश्वास छ ।’ उनले भने ।

नेपाली मौलिक गीत संगीतको जर्गेना, संरक्षण, खोज, अनुसन्धानका साथै प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको आफ्नो सँस्थाको उदेश्य प्रतिभावान बालबालिकालाई गायनमा ल्याएर अबसर दिनु पनि हो । सोही कारण आफुहरुले बाल मन्दिरका बालबालिकालाई गायन तथा बाद्यबादन सिकाउँदै आएको पनि सुनार र शर्माले बताए,‘हामीले सकेको सहयोग गरेर केही बाद्यसामग्री यहाँ दिएका छौं । अझ थप बाद्यसामग्री भएमा यहाँका अरु बालबालिका पनि गायनसँगै बाद्यबादनमा पोख्त हुने थिए ।’

बाजाको लागि सहयोगका अपिल गर्दै यी दुई श्रष्टाले राजधानीसँग भने,‘यहाँ चाहिने सामाग्रीहरु गितार, हाम्रोनियम, बाँसुरी, सांरगी, मादला, तबला जस्ता जस्ता साम्रग्री यहाँहरुले दिनु भएमा हामी त्यसलाई सँकलन गरेर यि बालबालिकालाई समर्पण गर्दै उनीहरुलाई सँगीतमा पोख्त बनाउने थियौं ।’

१५ वर्ष अघि स्थापना भएको आफुहरुको सँस्थाले नेपाली सँगीतको प्रवर्धनका लागि अरु विभिन्न कार्यक्रमहरु गर्दै आएको पनि अध्यक्ष ओम सुनारले बताए ।

बालमन्दिरमा निःशुल्क गायन सिक्दै बालबालिका